लुम्बिनी प्रदेशमा तीन जना कोरोना संक्रमितको मृत्यु

Spread the love

काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया महिला र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् ।

तीनैजनाको सोमबार बिहान मृत्यु भएको हो । तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७ः २७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको थियो ।

यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ः ५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको थियो ।

कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७ः १४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

२०७७ चैत्र ३०, सोमबार ११:४५
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् । क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्न आजको लागि बैठक बोलाइएको […]