वामपन्थी विरोधीहरुलाई सफल हुन दिन्नः प्रधानमन्त्री

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने बताएका छन् । नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कली कुरा गर्नेहरु सलबलाई रहेको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दे प्रधानमन्त्रीले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरुलाई युद्धमा लगाउनेहरु नै अहिले लोकतन्त्र र अग्रगामी कदम विरुद्ध लागेको बताए । झण्डै दुई तिहाईको पार्टी फुटाएर वर्तमान सरकार ढाल्नका लागि अरुसँग विन्ति गर्दै हिँडेको भनी ओलीले दाहालप्रति व्यंग्य गरे ।

उनले भने, ‘एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाइ मन्त्री, प्रधानमन्त्री भइदेउन हौं । शेरबहादुरजीलाई भेट्यो । दाइ प्रधानमन्त्री भईदिनुपर्यो । महन्थ जीलाई भेट्यो ए दाइ प्रधानमन्त्री भईदिनु पर्यो । किन भन्दा कम्युनिष्ट सरकार ढाल्नु पर्यो क्या त्यसकारण शेरबहादुर भईदिनुपर्यो । यो देशलाई अगाडि बढाउन शेरबहादुरजी प्रधानमन्त्री बन्दिनुपर्यो । यी चुनौतिहरु अहिले पनि छन् । तर तपाईंहरु ढुक्क रहनुहोस् यस्ता छद्भेषी, वामपन्थी विरोधी, कम्युनिष्ट विरोधी, प्रगतीविरोधी, अग्रगामी आन्दोलन विरोधी ,राष्ट्रियता, लोकतन्त्र विरोधी तत्वहरुलाई सफलता साथ अगाडि जान दिइने छैन ।’

उनले आफूहरुले जिताईदिएकाले अहिलेको हैसियत प्राप्त भएको भन्दै उनले केही दिनमा त्यो हैसियत पनि खोस्ने चेतावनी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आमाको सम्पत्ति लिएर हेरचाह नगर्ने राष्ट्र बैंककी निर्देशक जेल चलान

२०७७ चैत्र ३०, सोमबार १९:५८
Spread the loveकाठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । आमा शोभा रिमालको सम्पत्ति लिएर बेवास्ता गरेको कसुरमा प्रहरीले उनलाई चैत २२ गते पक्राउ गरेको हो । छोरीले तीन करोडभन्दा बढी सम्पत्ति हत्याएर […]

समाचार छुट्याे की?