संसदीय समितिमा नाम हेरफेर, गोकुल बास्कोटालाई बनाइयो लेखा समितिको सदस्य

Spread the love

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गरेका हुन् ।

परामर्श समितिमा उमाशङ्कर अरगरिया, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, जयपुरी घर्ती, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, बालकृष्ण खाँण, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरीलाई मनोनयन गरिएको छ । यसैगरी संसद्का विभिन्न समितिमा सांसदहरुको नाम थप तथा हेरफेर गरिएको छ ।

नेकपा एमालेका गोकुल बाँस्कोटा सार्वजनिक लेखा समितिमा गएका छन् भने महेश बस्नेत राज्य व्यवस्था समितिमा गएका छन् । बास्कोटा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए । बास्कोटालाई कारबाहीका लागि लेखा समितिले अख्यितारलाई पत्र लेखेको थियो । अहिले तिनै बास्कोटालाई लेखा समिति सदस्य बनाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६–२०७७” पेश गर्नुभयो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक २०७८ वैशाख ७ गते दिउँसो १ बजे बस्नेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

२०७७ चैत्र ३०, सोमबार १६:५२
Spread the loveकाठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) को क्रिकेट टोलीलाई चौधरी गु्रपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले काठमाडौंमा आयोजित कार्यक्रममा पाँच वर्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै […]

समाचार छुट्याे की?