सुवेदीविरुद्धको रिट सर्वोच्च अदालतद्वारा खारेज

Spread the love

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीको योग्यतालाई लिएर दायर रिट खारेज गरेको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि सुवेदीको योग्यता नपुग्ने भन्दै सिफारिस गर्ने निकाय न्याय परिषद्लगायतकाविरुद्ध रिट दायर गरेका थिए ।

अदालतले भने सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशमा रहेर काम गरेको र दुवै पदमा रहेर गरेको अवधि जोड्दा संविधानअनुसार सर्वोच्चको न्यायाधीश बन्ने योग्यता पुग्ने फैसला सुनाएको हो । न्यायाधीशमा सिफारिस सुवेदीको अब संसदीय सुनुवाइ हुनेछ ।

त्यसका लागि संसदीय सुनुवाइ समितिको बैठक २०७८ वैशाख ३ गतेका लागि बोलाइएको छ । उनीसँगै सर्वोच्चको न्यायाधीशमा कुमार चुडाल पनि सिफारिस भएका छन् । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्रै सर्वोच्च अदालतको न्यायाधीशमा उनीहरू नियुक्त हुनेछन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सैनिक सरकारद्वारा सुकीमाथि ६ वटा नयाँ आरोप

२०७७ चैत्र ३०, सोमबार १८:१८
Spread the loveम्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन् । उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सो एएफपीलाई बताएका छन् । पछिल्लो […]