अश्वेत युवा मारिएपछि अमेरिकामा तनाव, दुई सहरमा रात्रिकालीन कर्फ्यु

Spread the love

प्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपतकाल घोषणा गरेका छन् ।

मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन् । २० वर्षीय डन्टे राइटलाई आइतबार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो । त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अथ्र्याएको भएपनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपतकाल घोषणा गरेका हुन् । मिनसोटाका प्रहरी प्रमुख टीम गानन्ले उक्त घटना एउटा दुर्घटना भएको बताए । उनका अनुसार प्रहरी अधिकारीले गल्तीवस गोली चलाएकी थिइन् ।

तर उक्त घटनालाई लिएर त्यहाँ प्रदर्शनहरू भइरहेका छन् । अर्का एक अश्वेत व्यक्ति जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भइरहेका छन् ।

सोमबार बिहानको एउटा पत्रकार सम्मेलनमा प्रहरी प्रमुखले उक्त घटनामा संलग्न महिला प्रहरी अधिकारीको शरीरमा राखिएको क्यामेरामा कैद भएको दृश्य देखाएका थिए । उक्त भिडियोमा राइटलाई हत्कडी लगाउन खोज्दा उनी जबरजस्ती आफ्नै कारमा पसेर बस्न खोजेको देखिन्छ । गम्भीर घाइते भएका राइटको गाडी केही अगाडि पुगेर दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरी प्रमुखले ती अधिकारीले राइटलाई बेहोस बनाउन खोजेको तर गल्तीले गोली चलेको हुनसक्ने आफ्नो विश्वास रहेको बताए । गोली हान्ने महिला अधिकारीलाई अहिले बिदामा पठाइएको छ ।

पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक इलियटले राइटका लागि न्याय दिलाउन आफूले सबैथोक गर्ने बताए । राइटको मृत्युको खबरसँगै ब्रुकलिन सेन्टरमा आइतबार रातिदेखि नै आक्रोशित प्रदर्शनकारीहरूले प्रदर्शन सुरु गरेका छन् ।

सयौँ प्रदर्शनकारीहरूले उनको नाम लिएर प्रहरी प्रधान कार्यालयअघि धर्ना दिएका छन् । रोयटर्स समाचार संस्थाका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयास गरेको छ र कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि भएको छ ।

प्रदर्शनकारीहरूले फुटपाथमा चकले लेखेका र मैनबत्ती बालेका थिए। पछि उनीहरूलाई अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड हानेर प्रहरीले तितरबितर पारेको छ । स्थानीय समाचार संस्थाहरूका अनुसार त्यहाँ लुटपाट पनि मच्चिएको छ ।

मिनिआपोलिस र सेन्ट पलमा आइतबार र सोमबार रातिका लागि कर्फ्युको घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहारलाई दुःखद भनेका छन् । तर उनले लुटपाट मच्चाउने कार्यको कुनै पनि औचित्य नभएको बताए।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसीसँगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरूलाई देशभक्त नेपालीले बुझौं

२०७७ चैत्र ३१, मंगलवार ०८:५४
Spread the loveकाठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले एमसीसीसँगको सम्झौता पारित गर्नुपर्छ भन्दै संसदमा चिच्याउनेहरुलाई नेपाली जनताले चिन्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत रावलले नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसंगको सम्झौता पारित गर्नुपर्छ भन्दै संसदमा […]