आज सडकमा र सडक चरित्रकै संसदमा हिरो पल्टिन जे मनमा आयो त्यही माग गर्ने ?

Spread the love

केशवप्रसाद भट्टराई ।
निर्वाचनको लागि राष्ट्रिय सहमतिको सर्व दलीय सरकारको कुरा उठ्न थालेको सुनिन्छ ।
यो महत्वपूर्ण सैद्धान्तिक र प्रजातान्त्रिक मूल्य र विश्वासको सवाल हो ।
जनताबाट अनुमोदित र संसदले वहुमतले चुनेको सरकार नै मूलतः राष्ट्रिय सहमतिको सरकार हो ।
प्रजातन्त्रले सर्वदलीय सरकार खोज्दैन,
त्यसको अपेक्षा गर्दैन !
वहुमतको सरकार खोज्दछ ।

राष्ट्रिय सहमति वहुमतको सरकार भित्रै खोज्ने हो , बाहिर होइन !
मूलतः सर्वदलीय सरकारको अवधारणा नै अप्रजातान्त्रिक हो , असंसदीय हो ।
अराजक, निरङ्कुश र सर्वसत्तावादी हो ।

हामी प्रजातन्त्र र निर्वाचित सरकार लायक छैनौ भन्ने कुराको उदाहरण हो ।
जन अनुमोदित र संसदको वहुमतबाट निर्वाचित सरकारले गराउने निर्वाचन माथि विश्वास नराख्नु भनेको हरेक निर्वाचन अघि खिलराज प्रकृतिको सरकारको माग हो ।

प्रकारान्तरमा कुनै जियाउल हक वा मिन अङ् ह्ल्याङ् वा इयान मार्टिनले गराउने चुनावको अपेक्षा र प्रतीक्षा हो ।
हो, कम्युनिस्ट सरकारले गराउने चुनाव कस्तो हुन्छ त्यसको उदाहरण २०५४मा माकुने – वामदेव नेतृत्वको ( चन्दको आलंकारिक नेतृत्व ) सरकारले दिएको हो ।

त्यसले वामदेव र एमालेको प्रजातन्त्र तथा स्वतन्त्र , स्वच्छ र निस्पक्ष निर्वाचनप्रतिको निष्ठामाथि घातक प्रहार गरेकै हो ।
विगतमा स्वतन्त्र र निष्पक्ष निर्वाचनकोलागि एमाले सरकार योग्य होइन भनेर सावित गरेकै हो !
तर प्रजातन्त्र स्वीकार गरिसकेपछि मुलुकको संविधान अनुसार गठित सरकारले गराउने निर्वाचनलाई स्वीकार गर्नै पर्दछ ।
त्यसलाई राजनीतिक र सांगठानिक क्षमताको वलमा सामना गर्ने हिक्मत राख्नै पर्दछ ।
आज ओली सरकारले गराउने निर्वाचनलाई अस्वीकार गर्ने हो भने भोली तपाइँको दलको नेतृत्वले गराउने निर्वाचनमा कसैले किन विश्वास गर्ने ?
अनि हरेक निर्वाचन अघि कुनै न्यायिक, प्रशासनिक, सैनिक वा अन्तर्राष्ट्रिय प्रशासक खोज्ने नेपालको निर्वाचन गराउन ?
यही खोजेको ?
यही चाहेको ?

यही हो तपाइँहरूको आदर्शको सङ्घीय गणतान्त्रिक लोकतन्त्रको चरित्र ?
कि हरेक पटक निर्वाचनकोलागि त्यस्तो सरकारको गठनलाई हामीले सिद्धान्ततः स्वीकार गरेको हो ?

कि ओली सरकारको हकमा यो लागू होस् अनि आफ्नो र आफ्नो दलको नेतृत्वको सरकारको हकमा त्यो लागू नहोस भन्न खोजेको हो ?
दीर्घकालमा मुलुकको राष्ट्रिय स्वाभिमान र प्रजातन्त्रको भविष्य सम्बन्धमा यसको असर हेर्नु, बुझ्नु पर्दैन !
आज सडकमा र सडक चरित्रकै संसदमा हिरो पल्टिन जे मनमा आयो त्यही माग गर्ने ?
त्यही नारा उचाल्ने ?
धन्न शेरबहादुर देउवा मौन छन् !

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ वर्षमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

२०७७ चैत्र ३१, मंगलवार १८:३८
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुवातीका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा […]

समाचार छुट्याे की?