जापानले फुकुसिमा आणविक केन्द्रको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने

Spread the love

जापान सरकारले फुकुसिमा आणविक केन्द्रको १० लाख टन प्रदुषित पानी समुद्रमा छोड्ने भएको छ । फुकुसिमा आणविक स्टेशनमा क्षति भएको एक दशकपछि जापान सरकारले जम्मा भएको फोहोर पानी समुद्रमा छोड्न लागेको हो ।

आवश्यक मापदण्डको पूर्ण पालना गरी पानी समुद्रमा छाडिने अधिकारीहरूले जनाएका छन् । टोकियो ओलम्पिक सुरू हुनु तीन महिनाअघि जापान सरकारले यो निर्णय गरेको हो । टोकियो ओलम्पिकका केही खेलहरु फुकुसिमामा हुनेछ ।

सन् २०११ को सुनामीका कारण फुकुसिमा आणविक प्लान्टमा ठूलो क्षति भएको थियो । त्यसयता प्लान्टमा १२ लाख ५० हजार टन पानी जम्मा भएको बताईएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिडविरुद्धको दोस्रो डोज खोप वैशाख सात गतेदेखि लगाइने

२०७७ चैत्र ३१, मंगलवार ११:१७
Spread the loveकाठमाडौं । कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका व्यक्तिका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ । मंगलबार स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो । वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको दोस्रो डोज लगाउन सकिनेछ । […]