दोलखाको सिंगटीमा जिप दुर्घटना, चार जनाको मृत्यु

Spread the love

चरिकोट । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप खस्दा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । जिप गएराति बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको हो ।

मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का छन् । उनीहरू सबै एकै गाउँका रहेका दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का छन् ।

यस्तै सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का पनि घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । उकालो कच्ची बाटोमा क्षमताभन्दा बढी यात्रु बोकेको जिप चालकले घुम्ती काट्न नसक्दा अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अश्वेत युवा मारिएपछि अमेरिकामा तनाव, दुई सहरमा रात्रिकालीन कर्फ्यु

२०७७ चैत्र ३१, मंगलवार ०८:३८
Spread the loveप्रहरीको गोलीले एकजना अश्वेत युवाको निधन भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपतकाल घोषणा गरेका छन् । मिनियापलिस र सेन्ट पलका मेयरहरूले आफ्ना सहरमा रातभरिका लागि कर्फ्यु लगाएका हुन् । २० वर्षीय डन्टे राइटलाई आइतबार ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर […]