भारतमा एकैदिन एक लाख ६० हजार भन्दाबढी नयाँ संक्रमित फेला

Spread the love

भारतमा कोरोना संक्रमणदर दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् ।

त्यस्तै, ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । यसमा १ करोड २२ लाख ठीक भएका छन् । १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा ११ दिनमा ६ लाख ७८ हजार ५१९ जना सक्रिय संक्रमित थपिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी सम्झौता संसदबाट पारित नगर्न मोहन वैद्यको चेतावनी

२०७७ चैत्र ३१, मंगलवार १२:२४
Spread the loveकाठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नयाँ वर्षसँगै दुई महिने संगठनात्मक अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको चैत २८ र २९ गते सम्पन्न पोलिटब्यूरो कमिटीको बैठकले  वैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टीका महासचिव मोहन वैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख […]