‘विदेशी जासूस नपुगोस् कोही बालुवाटार राति’

Spread the love

नौलो वर्ष हर्ष बढोस् !

नौलौ वर्ष हर्ष बढोस्, कोही नहोउन् दुःखी यहाँ
स्वाधीनता, स्वाभिमान देशको सबै सबल बनोस् जहाँ,
स्वेच्छाचारी, अत्याचारी सबको शीघ्र होओस् पतन
देशभक्ति सर्वत्र ढकमक्क भइ यहाँ होस् सुशासन ।

नमिचियोस् सीमा देशको यो धरती मुस्कुराइ रहोस्
हस्तक्षेप पराईको सबैका विनाश हुँदै जाओस्,
सूर्य–चन्द्र ध्वजा उठोस् सगरको माथि–माथि
विदेशी जासूस नपुगोस् कोही बालुवाटार राती ।

समृद्धि फैलियोस् समाजमा लालिमाझैं वसन्तको
पूरा हुँदै जाउन् सधैँ इच्छा, आशा अन्तरमनको,
जीवन सदा स्वस्थ्य रहोस्, कोरोना नष्ट भइ जाओस्
पंख फिजाइ खुशियाली सर्वत्र घर–घरमा पुगोस्

डा. भीम रावल ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय योजना आयोग अर्थ मन्त्रालयसँग निरिह देखियोः सांसद पाण्डे

२०७७ चैत्र ३१, मंगलवार २३:२२
Spread the loveकाठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आवश्यकता र स्रोतको क्षमताको आधारमा आर्थिक वर्ष २०७८÷०७९ को बजेटका लागि सिलिङ दिएको बताएका छन् । मंगलबार संसदको अर्थ समितिको आगामी आर्थिक वर्षको बजेटको तयारी सम्बन्धी छलफलमा भाग लिदै उपाध्यक्ष कँडेलले अहिलेको आवश्यकता र स्रोतको क्षमताको आधारमा बजेटको सिलिङ निर्धारण […]