श्रीमतीको हत्या गरी दुबई गएका तेह्रथुमका काजीमान पक्राउ

Spread the love

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने क्रममा इन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा दैनिक ११ हजार कोरोना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

२०७७ चैत्र ३१, मंगलवार १४:२६
Spread the loveकाठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक ११ हजार कोरोना संक्रमित थपिन सक्ने प्रक्षेपण गरेको छ । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नेपालमा दैनिक ११ हजारसम्म कोरोना संक्रमितहरु थपिन सक्ने बताएका हुन् । उनले दैनिक ११ हजार संक्रमित थपिँदा असारसम्म संक्रमितको संख्या ६ […]