देशलाई २०४७ तिर फर्काउने ओलीको गेमप्लान !

Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशलाई २०४७ सालतिरै फर्काउन लागेकाले त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

बुधबार राति ट्वीट गर्दै भट्टराईले २०४७ तिरै फर्किने ओलीको कदमलाई रोक्न अग्रगमनकारी शक्तिहरूले बेलैमा बुझेर प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘ओलीको निरन्तर प्रतिगमनकारी हर्कत र हठको श्रोत नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई विविध बाटो÷चरणबाट उल्टाएर देशलाई२०४७ तिरै फर्काउने गेमप्लानको अंग हो भने अग्रगमनकारी शक्तिहरूले पनि बेलैमा यसलाई बुझेर प्रतिवाद गर्न नसकेको अपजस इतिहासको कठघरामा उभिएर ब्यहोर्नुपर्ला है !’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजदूत पाण्डेले बुझाए जिम्मेवारी सम्हालेको करिब एक वर्षपछि राष्ट्रपति सीलाई  ओहोदाको प्रमाणपत्र

२०७८ बैशाख १, बुधबार २२:०६
Spread the loveकाठमाडौं । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी सम्हालेको करिब १ वर्षपछि आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति सी जिनपिङलाई बुझाएका छन् । बुधबार बेइजिङको ग्रेट हल अफ दि पिपुलमा आयोजित समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । पाण्डे २०७७ वैशाख ५ गते चीनका लागि नेपाली राजदूतमा […]

समाचार छुट्याे की?