बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार

Spread the love

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख बढीको कारोबार भएको छ ।

गत माघमा एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब बढीको कारोबार भएको छ ।

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार
राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ ।

माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाख बढीको कारोबार भएको छ । गत माघमा एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र आठ अर्ब १७ करोड ६० लाख बढीको कारोबार भएको छ ।

यसैगरी माघमा मोबाइल बैकिङमार्फत ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा ३८ अर्ब ५९ करोड बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ ।

इन्टरनेट बैंकिङमार्फत रु आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ ।

यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

२०७८ बैशाख १, बुधबार १२:०७
Spread the loveकाठमाडौं । घरेलु मैदानमा शनिबारदेखि हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्य टोलीको घोषणा गरेको हो । नेपालले वैशाख ४ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्ससँग टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले पहिलो खेल […]