अमेरिकामा अश्वेत युवालाई गोली हान्ने महिला प्रहरी अधिकृत पक्राउ

Spread the love

अमेरिकाको मिनसोटामा एकजना सवारी चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एकजना श्वेत प्रहरी अधिकृतमाथि गैरन्यायिक हत्याको मुद्दा चलाइने भएको छ । ती प्रहरी अधिकारी किम पोटरलाई गिरफ्तार गरी हिरासतमा राखिएको छ । पोटरले चाहिँ २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको बताएकी छन् ।

उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन् । त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग भएको बताएका छन् ।

पोटर र प्रहरी प्रमुख टिम गानन्ले ब्रुकलिन सेन्टर फौज छाडेका छन् । उक्त हत्याले त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको छ । उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो ।

त्यहाँ गत वर्ष मारिएका अश्वेत जोर्ज फ्लोइडको हत्याको आरोप लागेका एकजना श्वेत पूर्वअधिकारीमाथि सुनुवाइ हुने क्रममा त्यहाँ तनाव बढेको थियो । मिनसोटाको ब्यूरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) ले पोटरलाई बुधवार गिरफ्तार गरिएको जनाएको छ ।

उक्त मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्षसम्म कैद र २० हजार डलरसम्म जरिवाना हुनसक्छ । राइटको हत्यापछि उक्त क्षेत्रका दुईवटा सहरका मेयरहरूले त्यहाँ आपतकाल घोषणा गरेका थिए र रात्रिकालीन कर्फ्यु लगाएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा एकैदिन थप दुई लाख मानिसमा कोरोना संक्रमण पुष्टि

२०७८ बैशाख २, बिहीबार ०७:५८
Spread the loveभारतमा पछिल्लो २४ घण्टामा करिव २ लाख मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको कोरोना संक्रमण फैलिएको भारतमा दैनिक लाखौमा संक्रमण देखिन थालेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ९९ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित […]

समाचार छुट्याे की?