गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा नेपालीको नाम प्रस्ताव

Spread the love

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङविरूद्ध बिहीबार प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । भावी मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता नेपालीलाई प्रस्ताव गरिएको छ ।

कांग्रेस, माओवादी र जसपाका गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर नगरेपनि अविश्वास प्रस्तावमा जनमोर्चाले समर्थन गर्ने सहमति भइसकेको छ ।

यसैबीच आफूविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले गएराति १२ बजेदेखि नै लागू हुने गरी गण्डकी प्रदेशको अधिवेशन अन्त्य गरेका थिए। । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अमिक शेरचनल बुधबार अधिवेशन अन्त्य गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महन्थ ठाकुरसँग मिलेर ओलीले सरकार बनाउन खोज्नु दुर्भाग्यपूर्णः घनश्याम भुसाल

२०७८ बैशाख २, बिहीबार १३:४२
Spread the loveबुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र लोकतन्त्रको लक्ष्मणरेखा भत्काउँदै गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा भुसालले ओलीले आफ्नै पार्टीका नेतालाई लखेटेर आफूसँग सबैभन्दा असहमत पात्र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरसँग […]

समाचार छुट्याे की?