थप ४९० जनामा कोरोना संक्रमण, पाँचको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८२०५४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १५७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७४६०४ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६६ पुगेको छ। क्वारेन्टाइनमा ६८ जना छन् भने आइसोलेसनमा ४३८४ जना सक्रिय संmक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमण बढेपछि नेपालगञ्जका विद्यालय एक साता बन्द

२०७८ बैशाख २, बिहीबार १७:४२
Spread the loveनेपालगंज । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । […]