पूर्वराजा सहभागी हरिद्वारको कुम्भमेलामा वरिष्ठ सन्तसहित सयौँ भक्तजनलाई कोरोना संक्रमण

Spread the love

कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

दुई महिना लामो मेलाको एउटा मुहूर्तमा मङ्गलबर ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले बुधबार पनि पवित्र गङ्गा नदीमा स्नान गरेका थिए । भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन् ।

भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि बुधबार अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ। भारत सरकारका अनुसार २४ घण्टाको अवधिमा मङ्गलवार एक लाख ८४ हजार ३७२ र बुधबार २ लाख ७ हजार ३९ मा कोभिड देखिएको हो । महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला उक्त मेला गर्न दिइएको सरकारको आलोचना भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार बुधबार दिउँसोसम्म नौ लाख श्रद्धालुले गङ्गास्थान गरिसकेका छन् । बुधवार यसपालिको सबैभन्दा शुभ मुहूर्त मानिएको थियो । हिन्दूहरू गङ्गा नदीलाई पवित्र मान्छन् र त्यसमा डुबुल्की मारेर स्नान गर्दा पाप नष्ट हुने र पुण्य प्राप्त हुने मान्यता राख्छन् । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार गङ्गास्थान गरेका थिए ।

गङ्गाको तटमा ठूलो भिड जम्मा भएकाले स्वस्थ्य सुरक्षा मापदण्ड पालन गराउन समस्या भएको प्रहरी अधिकारीहरूले बताएका छन् । उक्त मेलामा कोभिड–१९ को परीक्षणको नेतृत्व गरेका अधिकारीहरूले बताएअनुसार त्यस क्षेत्रबाट मङ्गलबार २० हजार नमुना परीक्षण गरिएकोमा ११० जनामा सङ्क्रमण देखिएको छ ।

सोमबार १८४ जना भक्तजनमा सङ्क्रमण देखिएको थियो । कुम्भमेलाका स्वास्थ्य अधिकारी डा. अर्जुन सेङ्गरले नौ वरिष्ठ धार्मिक नेतामा पनि सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । चौधवटा हिन्दू समूहहरूको सङ्घका अध्यक्ष नरेन्द्र गिरी पनि सङ्क्रमित भएका छन्। । उनी अखिल भारतीय आयुर्वेदिक संस्थान हरिद्वारमा भर्ना भएका छन् ।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव पनि सङ्क्रमित भएका छन् । उनले आइतवार मात्र हरिद्वार भ्रमण गरेका थिए र गिरीसहित वरिष्ठ सन्तहरूलाई भेटेका थिए ।

उक्त मेलामा भ्रमण नगरेका भए पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सङ्क्रमित भएका छन् । उत्तराखण्डका मुख्यमन्त्री तिरथसिंह रावतले आफूहरूले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालन गरिरहेको र सङ्क्रमित निको हुने दर राम्रो रहेको बताए ।

सरकारले पहिले परीक्षणबाट कोरोनाभाइरस सङ्क्रमण नभएको पुष्टि भएका व्यक्तिलाई मात्र उक्त मेलामा सहभागी हुन दिने बताएको थियो ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वराजा सहभागी हरिद्वारको कुम्भमेलामा वरिष्ठ सन्तसहित सयौँ भक्तजनलाई कोरोना संक्रमण

२०७८ बैशाख २, बिहीबार १०:४२
Spread the loveकुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई महिना लामो मेलाको एउटा मुहूर्तमा मङ्गलबर ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले बुधबार पनि पवित्र गङ्गा नदीमा स्नान गरेका थिए । भारतमा दैनिक […]