माथिल्लो तामाकोशीको काममा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री असन्तुष्ट

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशीको काममा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्ता मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताएका हुन् ।

अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैयाँ नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुची बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपुर्ति बेहोर्नुपर्ने पनि उनले बताए । उनले भने, ‘अत्यन्तै अस्वभाविक ढङ्गले अपर तामाकोशीको काममा ढिलाई गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुची बढाउनुपर्ने जस्तो देखेको छु । अपर तामाकोशीको काममा जुन ढिलासुस्ती छ त्यो अस्वभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरुको यो ढिलासुस्ती हो या अरु केही हो त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन ।’ प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले सजग हुन सबैलाई आग्रह गरे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुरु भयो ‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणाली

२०७८ बैशाख २, बिहीबार १८:०६
Spread the loveकाठमाडौं । सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । नापी विभागमा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरे । अब ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनी पुर्जा, आफ्नो कित्ता, […]