राजश्व छलीको अभियोगमा चार जनाविरुद्ध एक करोड बिगो माग दाबी गर्दै अदालतमा मुद्दा दायर

Spread the love

काठमाडौं । राजश्व उठाउने निकायका प्रतिनिधि नै राजश्व छलीमा संलग्न रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा दायर गरेको मुद्दामा भन्सार प्रतिनिधि नै संलग्न रहेको पाइएको हो ।

विभागले राजश्व छली गरेको अभियोगमा चार जनाविरुद्ध एक करोड छ लाख ७२ हजार ९०९ रुपैयाँ बराबरको बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले बिहीबार बिगो दाबीसहित जरिवाना तथा कैद सजायको माग गरी मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागका अनुसार ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारीसमेत भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार पारेर राजश्व छली गरेको अभियोग लगाएको छ ।

यस्तै विभागका अनुसार नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजश्व छली गरेको अभियोगमा दुई वटा फर्मका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ती फर्मविरुद्ध ३० करोड २८ लाख २ हजार ५७३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । विभागका अनुसार ती फर्म सञ्चालकविरुद्ध गत चैत २५ र २६ गते मुद्दा दायर गरेको हो ।

विभागले ती फर्म सञ्चालकको बैंक खाता सञ्चालकलाई जरिवाना र कैदको मागदाबी गरेको छ । न्यू राहुल मोबाइल सेन्टर हेटौंडाका सञ्चालक काजल केशरीसँग १२ करोड ३५ लाख २५ हजार २२ बराबरकोे बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका १२ को व्याहुत टे«डर्सका प्रोपाइटर अनिलकुुमार कलवारविरुद्ध १७ करोड ९२ लाख ७७ हजार ५५१ बराबरको बिगो दाबी गरिएको । विभागले काजल केशरीविरुद्ध उच्च अदालत पाटनको हेटाँैडा इजलास र कलवारविरुद्ध उच्च अदालत जनकपुरको इजलास वीरगञ्जमा मुद्दा दायर गरेको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वप्रकाश शर्माको संगीतमा छोरी स्वीकृतिले ल्याइन् गीत 'मिसले सोध्नु भो'

२०७८ बैशाख २, बिहीबार २२:०६
Spread the loveनेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिले गाएको गीत ‘मिसले सोध्नु भो’ सार्वजनिक भएको छ । गीतमा संगीत विश्वप्रकाश शर्माका रहेको छ । उक्त गितको एरेन्ज भने मनोहर सुनामले गरेका छन् । रेकडिस्ट भोला पौडेल हुन् भने भिडियो निर्देशन नवल नेपालले गरेका छन् । भिडियोमा गायिका स्वीकृति शर्मा, […]