सांसद झपट रावल बस्ने घरमा दुङ्गा प्रहार गर्ने दुई जना पक्राउ

Spread the love

काठमाडौं । सांसद झपटबहादुर रावल बस्ने घरमा ढुंगा हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ कारेश्वर मन्दिर नजिक रहेको ध्रुबलाल श्रेष्ठको घरमा ढुंगा हानेको अभियोगमा प्रहरीले रामेछापको गोकुलगंगा गाउँपालिकाका मनोज तामाङ र पाँचथरका नसिम लिम्बुलाई पक्राउ गरेको हो ।

उनीहरु बुधबार राति ढुङ्गामुढा गरी फरार भएकोमा महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी बृत बानेश्वरमा राखिएको महाशाखाले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको अपील

२०७८ बैशाख २, बिहीबार १८:३६
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपील गरेको छ । बिहीबार दलकी प्रमुख सचेतक सीता नेपालीले विज्ञप्ति जारी गरी मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपील गरेकी हुन् । कर्णाली प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार […]