सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

Spread the love

काठमाडौं । धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई बिहीबार साधारण शेयर बिक्रीको अनुमति दिएको हो । नयाँ वर्षको अवसरमा साधारण शेयर बिक्रीको अनुमति पाउने सो कम्पनी पहिलो बनेको छ ।

कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर बिक्री गर्नेछ । प्रतिकित्ता १०० रुपैयाँ बराबरको २५ करोड १८ लाख २३ हजार बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो ।

कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सैनिक मुख्यालयमा आचार संहिता सप्ताह शुरु

२०७८ बैशाख २, बिहीबार २१:४८
Spread the loveकाठमाडौं । सैनिक मुख्यालय जङ्गी अड्डामा तेस्रो आचार संहिता सप्ताह शुरु भएको छ । बलाधिकृत रथी प्रभुराम शर्माले बिहीबार आयोजित एक विशेष समारोहबीच सप्ताहको शुभारम्भ गर्दै गौरवशाली इतिहास बोकेको सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता, वफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राखेको बताए । उनले भने, “सेना जनताको विश्वासको केन्द्रविन्दु […]

समाचार छुट्याे की?