अमेरिकाको इन्डियानापोलिसमा भएको गोलीकाण्डमा कम्तीमा आठ जनाको मृत्यु

Spread the love

अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन् ।

प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएको छ । एक प्रत्यक्षदर्शी जेरेमी मिलरले स्थानीय विस–टिभीलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले स्वचालित राइफलबाट गोली चलाएको देखेको बताएका छन् ।

प्रहरी प्रवक्ता जेनी कूकले पत्रकारहरुसँग कुरा गर्दै प्रहरीले तत्कालै घटनास्थलमा पुगेको र कारबाही थालेको बताएका छन् । प्रहरीले उक्त गोलीकाण्डमा धेरै व्यक्तिलाई गोली लागेको र घाइतेहरुलाई तत्कालै अस्पताल पुर्याइएको जनाएको छ । फेडेक्सका एक प्रवक्ताले कार्यालयमा गोली चलेको र आफूहरुले प्रहरीलाई मद्दत गरिरहेको जानकारी दिएका छन् ।

सामान ढुवानी गर्ने फेडेक्स कम्पनीको इन्डियानापोलिसमा मात्र चार हजारभन्दा बढी मानिसले काम गर्दछन् । गत महिना पनि दक्षिणी क्यालिफोर्नियामा भएको यस्तै आक्रमणमा एक बच्चासहित चार जनाको गोली लागेर ज्यान गएको थियो ।

मार्च २२ मा पनि कोलोराडो राज्यको बाउल्डरमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो । संयुक्तराज्य अमेरिकामा हरेक वर्ष गोली लागेर झण्डै ४० हजार व्यक्तिको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

यीमध्ये आधाभन्दा बढी गोली चलाएर आत्महत्या गरेका घटना छन् । संयुक्तराज्य अमेरिकामा बन्दुकको नियमन गर्ने बारेमा राजनीतिक तहमा निकै ठूलो बहस हुने गरेको छ, तर बन्दुक राख्ने बारेमा कडा कानुनको अभावमा यसको गलत प्रयोग बढ्दो छ । राष्ट्रपति जो बाइडेनले यसै महिना छ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनको भनाईमा यी व्यवस्थाले अमेरिकामा बन्दुकसँग सम्बन्धित हिंसा कम हुनेछन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ललितपुरको कोन्ज्योसोम पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

२०७८ बैशाख ३, शुक्रबार १४:०१
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन् । शुक्रबार दिउँसो ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले फोन गरेका हुन् । भवन उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले आफूलाई फोन गरेको प्रचण्डले बताएका हुन् […]