कर्णालीका मुख्यमन्त्री शाहीले लिए विश्वासको मत, एमालेका चार सांसदले दिए मत

Spread the love

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । उनलाई कांग्रेसका ६ र नेकपा एमालेका ४ सांसदले मत दिएपछि उनको सरकार जोगिएको हो ।

नेकपा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् । प्रकाश ज्वाला माधव नेपालपक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत पाएका छन् । नेकपा एमालेका चार सांसद पार्टीको ह्वीप उल्लंघन गरी शाहीका पक्षमा मत दिएका थिए । एक सदस्य रहेको राप्रपाका सांसद भने तटस्थ रहे ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ८३६ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त

२०७८ बैशाख ३, शुक्रबार १७:३९
Spread the loveकाठमाडौं । नेपालमा शुक्रबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८२८९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २०८ जना संक्रमणमुक्त भएका छन् । योसँगै […]