चार देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

युताका आवासीय र तथा अन्य देशका राजदूत गैरआवासीय हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव भरतराज पौड्याललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं

२०७८ बैशाख ३, शुक्रबार २२:०१
Spread the loveकाठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने कुरा कर्णाली प्रदेश सरकारमा देखिएको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीका पक्षमा नेकपा एमालेका सांसदले फ्लोर क्रस गरेको सन्दर्भमा डा. भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘गण्डकी र कर्णाली प्रदेशको सन्देश […]