टोखाका विद्यालय वैशाख १० गतेदेखि १५ गतेसम्म बन्द हुने

Spread the love

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख नौदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए ।

“वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोनासम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ,” उनले भने ।

यस्तै टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिनेछ । नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखामा सामुदायिक आठ, निजी ८४ र मन्टेश्वरी ३५ विद्यालय रहेको जानकारी दिए । टोखाले सङ्क्रमणको दरलाई हेरेर अन्य निर्णय गर्दै जाने जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली राजा महाराजाको दोस्रो अवतार बन्दा समस्याः माधव नेपाल

२०७८ बैशाख ३, शुक्रबार १९:२५
Spread the loveझापा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झूटको पुलिन्दा र चरम व्यक्तिवादी मानिस भएकोले उनको विश्वास गर्न नसकिने बताएका छन् । झापाको विर्तामोडमा शुक्रबार पार्टी कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूसँग असहमत हुने पार्टी नेता कार्यकर्ताको पत्तासाफ गर्ने निरकुंश र […]