थप ८३६ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा शुक्रबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८२८९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २०८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७४८१२ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०७० पुगेको छ। क्वारेन्टाइनमा ७७ जना छन् भने आइसोलेसनमा ५००८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली महिला टोलीद्वारा अन्नपूर्ण हिमालको सफल आरोहण

२०७८ बैशाख ३, शुक्रबार १७:५०
Spread the loveकाठमाडौं । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा शुक्रबार  पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । काठमाडौँको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत उनीहरु गत चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर […]