
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए । उनको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । उनलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ ।