प्रधानमन्त्रीका गतिविधिले नेपाली जनताको इज्जत तथा प्रतिष्ठामाथि प्रश्न चिन्ह खडाः प्रचण्ड

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नै देशलाई बन्धकी राख्ने कुचेष्टामा लागेको आरोप लगाएका छन् । बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिताको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको कुचेष्टाले नेपाल र नेपाली जनताको इज्जत तथा प्रतिष्ठामाथि प्रश्न चिन्ह खडा भएको बताएका हुन् ।

उनले यो दुस्साहसलाई जनताले स्वीकार गर्न नसक्ने बताए । उनले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र अहिले पनि जारी रहेकाले जनताको खबरदारी आवश्यक भएको बताए ।

संसद विघटन संविधान उल्लंघन गरी गरिएको र जनताको खबरदारीका कारण अदालतले पुनःस्थापना गरेको भन्दै अध्यक्ष प्रचण्डले प्रगति विरोधी तत्वहरु फेरि मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयासमा रहेको बताए । केही मुठीभरका मान्छेले परिवर्तनलाई उल्ट्याउन खोजेपनि जनतालाई मान्य नहुने बताए ।

उनले भने, ‘संसद विघटन संविधानमा नभएको व्यवस्था अनुसार गरियो । जनताले त्यसलाई अस्वीकार गरे । बौद्धिक तप्का सबै यसको विरोधमा उत्रिए । अन्ततः अदालतले पुनःस्थापना गरेपछि तानाशाही एक पटक परास्त भए । तर उनीहरु पूरै परास्त अझै भएका छैनन् । उनीहरुको षड्यन्त्र जारी छ । देशलाई बन्धकी राख्न सरकारको नेतृत्व गर्ने व्यक्तिनै लागेका छन् । तर जनतालाई षड्यन्त्र स्वीकार्य छैन । जतिसुकै चुनौति भएपनि अन्ततः जित जनताकै हुन्छ ।’

उनले अहिले देशमा सबैको आत्मसम्मान प्रतिनिधित्व गर्ने र देशको स्वाभिमानलाई उँचो बनाउने धार र अर्को इतिहासको चक्कालाई पछाडि धकेल्दै पश्चगमनमा जाने धारबीच लडाइँ चलिरहेको बताए । परिवर्तनका लागि हजारौं नेपाली जनताका छोराछोरीले बालिदान दिएकाले पश्चगमनकारीलाई कुनै हालतमा पराजित गर्नुपर्ने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हात्तीको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु

२०७८ बैशाख ३, शुक्रबार १०:१४
Spread the loveसप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शुक्रबार हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका […]