
नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरानका लागि छुटेको गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरीका कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।