म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा

Spread the love

इंग्लिस क्लबद्वय म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा ग्रानडालाई २-० ले पराजित गर्दै समग्रमा ४-० को नतिजासहित युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो लेगमा पनि युनाइटेड २-० ले नै विजयी भएको थियो ।

ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगको खेलमा युनाइटेडलाई जित दिलाउन एडिनसन कभानीले छैटौं मिनेटमा गोल गरे । यस्तै ग्रानडाका जेसस भालेजुले इन्जुरी टाइममा आत्मघाती गोल गरेपछि युनाइटेड २-० ले विजयी भएको हो ।

अब युनाइटेडले सेमिफाइनलमा इटालियन क्लब रोमासँग खेल्नेछ । डच क्लब अयाक्ससँग दोस्रो लेगमा १-१ को बराबरी खेलेपनि समग्रमा अयाक्सलाई ३-२ ले पराजित गर्दै रोमा सेमिफाइनल पुगेको हो । रोमाले पहिलो लेग २-१ ले जितेको छ।

यस्तै चेक रिपब्लिकन क्लब स्लाभिया प्रागलाई समग्रमा ५-१ ले पराजित गर्दै आर्सनल सेमिफाइनल पुगेको छ । पहिलो लेगमा १-१ को बराबरी खेलेको आर्सनलले दोस्रो लेगमा स्लाभियालाई ४-० ले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन एलेक्स्जेन्ड्रा लाकाजेटले २१औं र ७७औं मिनेटमा गोल गरे । यस्तै निकोलस पेपेले १८औं र बोकायो साकाले २४औं मिनेटमा गोल गरे।

अब आर्सनलले सेमिफाइनलमा स्पानिस क्लब भियारियलसँग खेल्नेछ । भारियलाले डिनामो जेग्रेबलाई दोस्रो लेगेमा २-१ ले हराउँदै समग्रमा ३-१ को जित हात पारेको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीका गतिविधिले नेपाली जनताको इज्जत तथा प्रतिष्ठामाथि प्रश्न चिन्ह खडाः प्रचण्ड

२०७८ बैशाख ३, शुक्रबार ०९:१२
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नै देशलाई बन्धकी राख्ने कुचेष्टामा लागेको आरोप लगाएका छन् । बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिताको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको कुचेष्टाले नेपाल र नेपाली जनताको इज्जत तथा प्रतिष्ठामाथि प्रश्न चिन्ह खडा भएको बताएका हुन् […]