ललितपुरको कोन्ज्योसोम पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन् ।

शुक्रबार दिउँसो ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले फोन गरेका हुन् । भवन उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले आफूलाई फोन गरेको प्रचण्डले बताएका हुन् ।

उनले भने, ’म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई धेरै समयपछि । म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनें । उहाँको फोन आएपछि मैले उद्घाटन गरेपछि तपाइँले के भन्न खोज्नु भएको हो यो बाटो तपाईं बनाइदिनुस् ठूलो काम हुनेवाला छ भन्ने छु ।’

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन। यसअघि पनि ओलीले प्रचण्डलाई फोन गरेर भेट्न निम्तो दिएकोमा प्रचण्डले अस्वीकार गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

२०७८ बैशाख ३, शुक्रबार १४:३९
Spread the loveकाठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमण बढेकोले जोखिम हेरेर स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय गर्न सक्ने बताएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुक्रबार विज्ञप्ति जारी गरी कोरोना संक्रमण बढेकाले विद्यालयमा अनावश्यक भिडभाड हुने खालका वार्षिक उत्सवजस्ता कार्यक्रम नगर्न आग्रह गरेका […]

समाचार छुट्याे की?