संसदीय सुनुवाई समितिबाट सुवेदी र चुँडालको नाम सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन

Spread the love

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम अनुमोदन गरेको छ ।

शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

सुवेदी र चुँडालको नाम अनुमोदन भएसँगै सर्वोच्चमा रिक्त रहेको दुई न्यायाधीश पद पूर्ति हुने भएको छ । न्याय परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीश रहेका चुँडाल र नहकुल सुवेदीको नाम गत फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका मुख्यमन्त्री शाहीले लिए विश्वासको मत, एमालेका चार सांसदले दिए मत

२०७८ बैशाख ३, शुक्रबार १७:२६
Spread the loveकाठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । उनलाई कांग्रेसका ६ र नेकपा एमालेका ४ सांसदले मत दिएपछि उनको सरकार जोगिएको हो । नेकपा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले […]

समाचार छुट्याे की?