हात्तीको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु

Spread the love

सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शुक्रबार हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए ।

हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।

कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासीले बताए । मृतकका एक श्रीमती, छोरा र छोरी छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने महानगरको निर्णय

२०७८ बैशाख ३, शुक्रबार ११:३९
Spread the loveकाठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा संक्रमण जोखिम कम गर्न यस्तो निर्णय गरेको महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई बढी जोखिम […]