काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएको बताइएको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, कोरोना संक्रमण महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।