ओली सरकारको पतन सुरु भयोः नेता सिंह

Spread the love

स्याङ्जा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिवार आयोजित कार्यकर्ता भेटघाटमा नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका हुन् ।

अब नेपालको राजनीति फरक धारबाट बग्छ भन्ने स्पष्ट संकेत रहेको समेत उनले बताए । अहिले बहुमत पाएँ भन्दैमा ओलीले जथाभावी गर्न नपाउने भन्दै नेता सिंहले ‘ओली सरकारको पतन सुरु भएको बताए ।

असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको बैधानिकता समेत नहुने भन्दै नेता सिंहले ओलीले सत्ताको आडमा फिँजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरणको सुनिश्चितता गर्नुपर्ने बताए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

२०७८ बैशाख ४, शनिबार १४:४४
Spread the loveम्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो । लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौ आन्दोलनकारी अहिले […]