कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका तीन सांसद मन्त्री नियुक्त

Spread the love

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफूलाई साथ दिएका नेकपा एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् ।

यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा दिइएको छ भने मुख्यमन्त्री आफूलेनै सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मा कुर्मराज शाहीलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेट्रोलियम पदार्थको फेरि मूल्य बृद्धि

२०७८ बैशाख ४, शनिबार २१:२९
Spread the loveकाठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र […]