कर्णाली घटना राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शनः नेता शर्मा

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कर्णाली प्रदेशको राजनीतिले विधि नमान्नलाई सबक सिकाएको बताएका छन् । शनिबार ट्वीट गर्दै शर्माले यो एक सबक मात्र नभई राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन पनि भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्नेलाई एक सबक मात्र होइन राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन पनि हो ।’

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेकपा एमालेका चार जना सांसदले मत दिएका थिए । नेकपा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । पार्टीका नेताहरुलाई एकलौटी कारबाही गरी स्वेच्छाचारी निर्णय गरिरहेका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कर्णाली घटनाले झट्का लागेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा एकैदिन दुई लाख ३४ हजार भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि

२०७८ बैशाख ४, शनिबार ०९:५९
Spread the loveभारतमा कोरोना संक्रमणले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै बढी २ लाख ३४ हजार ६९२ नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या दुई लाख नाघेको छ । त्यसैगरी गरी पछिल्लो […]