रामपुर क्याम्पसमा भएको घटनाका दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस, चितवनमा नेविसंघका विद्यार्थीहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताहरुमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

प्रमुख सचेतक खाँणले जारी गरेको विज्ञप्तिमा हतियारसहित विद्यार्थीहरुमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मूकदर्शक बनेर बस्नु लज्जास्पद भएको उल्लेख छ । साथै, विश्वविद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउन आग्रह पनि गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चक्र बमको 'ए जुनु'(भिडियोसहित)

२०७८ बैशाख ४, शनिबार १२:२१
Spread the loveचक्र बमले ‘ए जुनु’ बोलको नयाँ गीत बजारमा ल्याएका छन्। गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका छन्। उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ ।  

समाचार छुट्याे की?