घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा हुने

Spread the love

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ । महासङ्घको शनिबार भएको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनाका साथै २२औँ महिला उद्यमी सम्मेलन पनि सोही अवसरमा आयोजना गर्ने निर्णय गरेको महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले जानकारी दिए ।

बैठकले नेपाल नवीकरणीय ऊर्जा परिसङ्घसँग एकीकरण गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ । परिसङ्घ नेपालमा नवीकरण ऊर्जा प्रविधि विकासमा क्रियाशील निजी क्षेत्रका कम्पनीहरूको छाता सङ्गठन हो ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय अनुशासन समिति गठन गरिएको जनाएको छ । समितिको उपसंयोजकमा अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीलाई मनोनयन गरिएको महासङ्घले शनिबार विज्ञप्तिमार्फत बताएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ८४३ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु, २२६ जना संक्रमणमुक्त

२०७८ बैशाख ४, शनिबार १५:३३
Spread the loveकाठमाडौं । नेपालमा शनिबार थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८३६५८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै […]