थप ८४३ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु, २२६ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा शनिबार थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८३६५८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २२६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७५०३८ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०७५ पुगेको छ। क्वारेन्टाइनमा ७४ जना छन् भने आइसोलेसनमा ५५४५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिकोणात्मक ट्वान्टी २० क्रिकेटमा नेपालद्वारा नेदरल्यान्ड्स पराजित

२०७८ बैशाख ४, शनिबार १६:१८
Spread the loveकाठमाडौँ । कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ । टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाएको थियो । डेब्यु […]