थिचोमिचो विरुद्धमा हो कर्णाली विद्रोहः रामकुमारी झाँक्री

Spread the love

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अन्याय, अत्याचार र अपमान भएपछि क्रान्तिकारीहरुलाई विद्रोहको अधिकार सुरक्षित हुने बताएकी छन् ।

कर्णाली प्रदेशमा आफ्ना पार्टीका चार जना सांसदले फ्लोर क्रस गरेको तर्फ संकेत गर्दै शुक्रबार राति सामाजिक संजालमार्फत झाँक्रीले त्यो अत्याचारको परिणाम भएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।’

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेकपा एमालेका चार जना सांसदले मत दिएका थिए । नेकपा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । झाँक्रीले फ्लोर क्रसलाई विद्रोहको अधिकार बताएकी छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली घटना राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शनः नेता शर्मा

२०७८ बैशाख ४, शनिबार ०८:४५
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कर्णाली प्रदेशको राजनीतिले विधि नमान्नलाई सबक सिकाएको बताएका छन् । शनिबार ट्वीट गर्दै शर्माले यो एक सबक मात्र नभई राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन पनि भएको बताएका हुन् । उनले भनेका छन्, ‘कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्नेलाई एक […]

समाचार छुट्याे की?