पार्टीको ह्वीप उल्लंघन गर्ने कर्णालीका तीन सांसद एमालेबाट निष्कासित

Spread the love

सुर्खेत । संसदीय दलको ह्वीप उल्लंघन गर्दै माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई नेकपा एमालेले पार्टीबाट निष्कासित गरेको छ ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीको शनिबारको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको अध्यक्ष गोरख बोगटीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

बैठकले ‘फ्लोर क्रस’ गर्ने चार जनामध्ये नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको हो ।

एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यसमेत रहेका अर्का सांसद प्रकाश ज्वालालाई पनि पार्टीबाट निष्कासन गर्न केन्द्रलाई सिफारिस गरिएको छ । प्रदेशसभा संसदीय दलले शुक्रबार गरेको निर्णयलाई समेत आधार बनाई उनीहरुमाथि कारबाही गरिएको वक्तव्यमा उल्लेख छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका तीन सांसद मन्त्री नियुक्त

२०७८ बैशाख ४, शनिबार १९:५५
Spread the loveसुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफूलाई साथ दिएका नेकपा एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण […]

समाचार छुट्याे की?