रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन

Spread the love

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । अनुशासन समितिको उपसभापतिमा पूर्वअध्यक्ष कुशकुमार जोशी छन् ।

त्यसैगरी समितिको सदस्यमा महासङ्घका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् । समितिको सल्लाहकारमा महासङ्घका पूर्वअध्यक्ष महेशलाल प्रधान रहेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

स्टार्टअपसँग आवेदन माग

यस्तै महासङ्घको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजनाअनुसार मेन्टरसीप सहयोगसहित महासङ्घका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आजदेखि आवेदन आह्वान गरेको छ ।

आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिएको छ । समितिले गत चैत ९ मा पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासङ्घको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।

महासङ्घको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताको समूहमा रहेका लगानीकर्ताको व्यावसायिक अभिरुचिलाई उद्यमीको व्यवसायसँग मिलान गरी फलदायी सहकार्यका लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।

नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायका लागि आवेदन गरिएको हो । एक वर्षभन्दा बढी समयअघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनीरूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाउन्ने बस दुर्घटना अपडेटः घाइतेमध्ये तीन जनाको मृत्यु

२०७८ बैशाख ४, शनिबार २२:५६
Spread the loveकावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा […]