सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं

Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने कुरा कर्णाली प्रदेश सरकारमा देखिएको बताएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीका पक्षमा नेकपा एमालेका सांसदले फ्लोर क्रस गरेको सन्दर्भमा डा. भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझौं ! मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगरौं । कुनै घटनाको मुख्य चालकतत्व बाह्य हैन आन्तरिक हुन्छ भन्ने नभुलौं । सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं । भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ प्रतीक्षा गरौं !’

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेकपा एमालेका चार जना सांसदले मत दिएका थिए । नेकपा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थिचोमिचो विरुद्धमा हो कर्णाली विद्रोहः रामकुमारी झाँक्री

२०७८ बैशाख ४, शनिबार ०८:३९
Spread the loveकाठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अन्याय, अत्याचार र अपमान भएपछि क्रान्तिकारीहरुलाई विद्रोहको अधिकार सुरक्षित हुने बताएकी छन् । कर्णाली प्रदेशमा आफ्ना पार्टीका चार जना सांसदले फ्लोर क्रस गरेको तर्फ संकेत गर्दै शुक्रबार राति सामाजिक संजालमार्फत झाँक्रीले त्यो अत्याचारको परिणाम भएको बताएकी हुन् । उनले भनेकी छन्, […]