उत्तेजना र आवेगमा आएर कुनै पनि निर्णय नगर्न ओलीलाई अमृत बोहराको आग्रह

Spread the love

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक समिति) बैठक तत्काल रोक्न आग्रह गरेका छन् ।

आइतबार पार्टीलाई एकतावद्ध बनाउन विशेष ध्यानाकर्षण पत्र जारी गरी बोहोराले यस्तो आग्रह गरेका हुन् । उनले पार्टी एकतालाई जोगाउनका लागि कसैले पनि मेरो गोरुको बाह्रै टक्काजस्तो ढिपी नगर्न आग्रह गरेका छन् । उनले पार्टी एकतालाई जोगाउन पार्टीको तर्फबाट भएको एकतर्फी निर्णय फिर्ता लिन आग्रहसमेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७८ वैशाख ६ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदै छ । यसलाई तत्काल रोक्नुपर्दछ,’ बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपाय खोज्नुपर्ने बेला भएको छ । उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नुहुँदैन । पार्टीमा संयम, धैर्यता र सुझबुझ राखेर निर्णय गर्नुपर्दछ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्सेमा ३५.८९ अङ्कको गिरावट

२०७८ बैशाख ५, आईतवार १७:५०
Spread the loveकाठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२९ ले घटेर ४८६.१६ मा ओर्लेको छ । कूल […]