एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन

Spread the love

पोर्टबल डकुमेन्ट फम्र्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चाल्र्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ । सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जनाएको छ ।

एडोबका प्रमुख कार्यकारी शान्तनु नारायनले कम्पनीका कर्मचारीलाई लेखेको इमेलमा कम्पनीका हिरोका रुपमा परिचित गेस्चेको निधनले एडोब परिवारमा गहिरो चोट पुगेको उल्लेख छ ।

गेस्चेको निर्देशनमा एडोबले विश्व प्रसिद्ध सफ्टवेयरहरु पिडिएफ, एक्रोब्याट, इलस्ट्रेटर, प्रिमियर प्रो र फोटोसप बनाइसकेको छ । यी सफ्टवेयर निकै लोकप्रिय छन् । सन् २००९ मा राष्ट्रपति बाराक ओबामाले गेस्चेलाई प्रविधि क्षेत्रको राष्ट्रिय पदकले सम्मानित गर्नु भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृहमन्त्रीमा थापा पुनःनियुक्त

२०७८ बैशाख ५, आईतवार १३:५७
Spread the loveकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई गृहमन्त्री नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले थापालाई गृहमन्त्री पुनर्नियुक्त गरेकी हुन् । थापालाई संविधानको धारा उपधारा (१) अनुसार मन्त्रीमा पुनर्नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । आइतबारै संघीय संसद् सचिवालयले गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य नरहेको सूचना टाँस गरेको […]