त्रिकोणात्मक क्रिकेटमा नेदरल्यान्ड्सद्वारा मलेसिया पराजित

Spread the love

काठमाडौं । ट्वान्टी–२० क्रिकेटमा म्याक्स ओडाउटको कीर्तिमानी शतकको प्रेरणामा नेदरल्यान्ड्सले त्रिकोणात्मक शृखंलामा मलेसियालाई १५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आइतबार भएको खेलमा विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाउँदै दिएको १९२ रनको लक्ष्य रनको योगफल पछ्याउने क्रममा मलेशियाले ८ विकेट गुमाएर १ सय ७६ बनाउन सक्यो । कीर्तिमान बनाएका ओडाउटले कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन बनाएका हुन् ।

यससँगै नेदरल्यान्ड्सका लागि ट्वान्टी–२० क्रिकेटमा पहिलो शतक पनि भएको छ । उनले नट आउट १३३ बनाउँदा ६ छक्का र १५ चौका प्रहार गरेका थिए । यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको कीर्तिमान बनाएका थिए । ओडाउटलाई साथ दिएका विकेट किपर ब्याट्सम्यान स्कट एड्वाड्र्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए । मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १÷१ विकेट लिए ।

१ सय ९२ रनको जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि बिरन्दीप सिंहले ५३ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए ।

त्यस्तै, सार्बिन मुनियान्दीले २८ तथा अमिनुद्धिन राम्लेले २६ रन बाहेक अन्य ब्याट्सम्यान राम्रो स्कोर छुन सकेनन् । नेदरल्यान्ड्सका लागि आर्यन डट, बास डी लिट र सेबास्टियन ब्राटले २÷२ विकेट लिए । शृखंलामा दोस्रो खेल खेल्दा पहिलो जित निकालेको नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । प्रतियोगितामा भोली नेपाल र मलेशियाबीच प्रतिस्पर्धा हुनेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ ६ गन्तव्यमा उडान गर्दै बुद्ध एयर

२०७८ बैशाख ५, आईतवार २२:११
Spread the loveकाठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न ६ गन्तव्यमा उडान विस्तारको तयारी गरेको छ । यसअघि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको छ । प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ तारिखबाट पोखरा विमानस्थललाई आधार बनाएर नयाँ चार […]