हुरीले उडायो त्रिशूली नदीमाथिको निर्माणाधीन पुल

Spread the love

धादिङ ।  शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नम्बर ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।

एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिइन् ।

पुलको निर्माण तीन वर्ष अघि शुरु गरिएको थियो । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताइन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वदलीय होइन एमसीसी बैठक पो बहिष्कार गरिएछः बाबुराम भट्टराई

२०७८ बैशाख ५, आईतवार ११:५०
Spread the loveकाठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको बैठक सर्वदलीय नभई एमसीसी बैठकको भएको बताएका छन् । आइतबार ट्वीट गर्दै भट्टराईले बैठकमा आफ्नो पार्टीलाई निम्ता नआएको र चेइ नभनी कुकुर पनि कसैको घरमा नजाने बताए । उनले लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको […]

समाचार छुट्याे की?