कोरोना संक्रमणबाट ब्राजिलमा एकैदिन एक हजार ६५७ जनाको मृत्यु

Spread the love

ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकैदिन एक हजार ६५७ जनाको ज्यान गएको छ । त्यहाँका स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको हो ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ४२ हजार ९८० जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कूल सङ्क्रमितको संख्या १ करोड ३९ लाख ४३ हजार भन्दा बढी पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप देखिएपछि यहाँका नागरिकमा सङ्क्रमण हुने र मृत्युको दर पनि बढिरहेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो सङ्क्रमण हुने गरेको छ ।

त्यस्तै यहाँका सङ्क्रमितहरुमा पनि पहिले भन्दा धेरै नागरिकको ज्यान जाने गरेको पनि बताइएको छ । ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको छ ।

यस शहरका स्वास्थ्य संस्थाहरु भरिएका छन् भने ती संस्थाका करिब पूरैजसो आइसियु र आकस्मिक कक्षहरु भरिएका पाइएको छ । यो वर्षको शुरुवातसँगै यहाँका नागरिकले कोरोनाको दोस्रो वेभको सङ्क्रमणको सामना गर्नु परिरहेको छ । यो वेभले यहाँको स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'एमसीसी चाहिँदैन, देशलाई उपनिवेश बनाउन पाइँदैन' भन्दै प्रदर्शन (फोटोफिचर)

२०७८ बैशाख ६, सोमबार १३:२२
Spread the loveकाठमाडौं । विभिन्न २२ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २२ वटा राजनीतिक दलले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, […]