जसपाद्वारा लुम्बिनीमा मन्त्री बनेका चार नेतालाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन

Spread the love

काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।

उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताएका छन् । सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई कोरोना संक्रमण

२०७८ बैशाख ६, सोमबार २०:२०
Spread the loveभारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ । उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् […]

समाचार छुट्याे की?